News Detail
 

पेज थ्री अवार्ड
26th Dec 2009

नेवाः कलाकारको सम्मानमा पेज थ्री पत्रिकाले पिपल्स च्व्ााइस एवार्ड ११३० को लागि कलाकार मनोनयन गरेको छ। उक्त अवार्ड जम्मा २५ वटा विधालाई दिइने भएको छ। प्रतेक बिधामा चारजना कलाकार मनोनयनकम परेको छ। प्रतिस्पर्धाको लागि ने.सं. ११२४ देखि ११२८ सम्म तयार पारिएको संगित, म्युजिक भिडियो र भिडियो फिल्महरुलाई समावेश गरिएको छ।

आज बिहान भएको उक्त कार्यक्रममा मनोनयनमा परेका कलाकर्मिहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो।

कार्यक्रमका आयोजकले उक्त पिपल्स च्वाइस एवार्ड ओशोक हल पाटनमा यहि पौष ३० गते हुने बताएको छ। साथै उक्त कार्यक्रममा यस वर्षको लाइफ टाइम एचिभमेन्ट एवार्ड रामशेखर नकःमिलाई प्रदान गरिने जानकारी दिइयो। एवार्डको निर्णय प्रकृयामा सर्वसाधारणको योगदान ५० प्रतिशत हुने भएकोले भोलि पुष ११ गते देखि एस.एम.एस., इन्तरनेट र पत्राचारबाट मत दिनसक्ने बताइएको छ।

कार्यक्रम पेज थ्री र इलोह147 पत्रिकाका संयोजक दर्शनवीर शाक्यको सभापतित्वमा भएको थियो कार्यक्रमका प्रमुख नेपाल चेम्वर अफ कमर्शका अध्याक्ष सुरेन्दवीर मालाकार रहनु भएको थियो। कार्यक्रममा सिने पत्रकार विजय रत्न असंबरे र वरिष्ठ कालाकार भाजु मदन कृष्ण श्रेष्ठले पनि सम्वोधन गर्नु भएको थियो ।

 
 
 
 
 
 
 
© Copyright 2010. All Rights Reserved. Nepa.com.np is conceptualized, designed and marketed by z-index media. News, articles, interviews, mp3s, videos and other materials may not be reproduced in any form whatsoever without permission.
© Copyright Nepa.com.np | A presentation of z-index media