News Detail
 

साय्मिलाई श्रेष्ठ पुरस्कार
17th Oct 2009

नेपालभाषाको पुरानो साहित्यिक संस्था च्वसापासाले बर्षेनी प्रदान गर्दै आइरहेको प्रतिष्ठित श्रेष्ठ सिरपाः (पुरस्कार) यस वर्ष कवयित्री प्रतिसरा साय्मिलाई प्रदान गर्ने निर्णय भएको छ। ने.सं. ११२१ देखि ११२६ भित्र प्रकाशित ३८ जना कविका ६५ वटा काव्यकृति मध्ये कवयित्री साय्मिको 'तिकिनंगु मि' (तपतपिएको आगो) का लागि उक्त पुरस्कार प्रदान गर्ने निर्णय भएको हो। पुरस्कारको राशी रू. ५० हजार रहेको छ।

श्रेष्ठ सिरपाः जनस्तरबाट स्थापित नेपाल कै पहिलो पुरस्कार हो।

 
 
 
 
 
 
 
© Copyright 2010. All Rights Reserved. Nepa.com.np is conceptualized, designed and marketed by z-index media. News, articles, interviews, mp3s, videos and other materials may not be reproduced in any form whatsoever without permission.
© Copyright Nepa.com.np | A presentation of z-index media