News Detail
 

नेवाः स्वायत्त राज्यको माग गर्दै पदयात्रा
17th Oct 2009

नेवाः देय् गुथि नेपालम48डलको आयोजनामा आज बिहान वाकाथोन कार्यक्रम सम्पन्न भयो। काठमाडौं हनुमानढोका दरवारक्षेत्रदेखि पाटन मंगलबजार दरवार क्षेत्रसम्म लामो पैदल यात्रा वाकाथोन कार्यक्रम भएको हो। नेपाल संवत् ११३० नयाू वर्षको शुभउपल73यमा सम्पूर्ण मानव जातिको कल्याणको कामना गर्दै सबै जन समुदायलाई हार्दिक बधाई तथा शुभकामना अर्पण गर्दै नेपालको दोस्रो जन आन्दोलनले प्राप्त गरेको अधिकार प्रयोग गर्दै बन्न लागेको नयाू नेपालको नयाू संविधानमा अन्तरिम संविधानले निर्देशित गरेको संघीय नेपालमा नेवार जातिको आदिभूमि नेपालम48डलमा नेवाः स्वायत्त राज्य स्थापनाको माग गर्दै सो कार्यक्रम गरिएको थियो।

कार्यक्रममा आमजनसमुदाय लगायत सभासद् र विभिन्न पार्टीका नेता तथा कार्यकर्ता सहित हजारौंको सहभागिता थियो। कार्यक्रम संयोजक विजयरत्न बज्राचार्यले स्वागत गर्दै शुरु भएको कार्यक्रमको औचित्य प्रकाश पार्नुभएको थियो। नेवाः देय् गुथि नेपालम48डलका अध्यक्ष तथा नेवाः स्वायत्त राज्य संयुक्त संघर्ष समितिका वर्तमान अध्यक्ष नरेन्द्रभक्त हाडा लगायत सम्पूर्ण सहभागीहरुबाट हजारौं बत्ति बाली कार्यक्रमको सामूहिक उद्घाटन गरिएको थियो।

काठमाडौंबाट बिहान ८ बजे शुरु भएको पैदलयात्रा पाटनढोका पुग्दा नेवाः देय् गुथि ललितपुर क्षेत्रीय कमिटी, नेवाः स्वायत्त राज्य संयुक्त संघर्ष समिति ललितपुर संयोजन कमिटिी, ज्यापु समाज यल, नेपालभाषा मंकाः खलः यल लगायत विभिन्न संघसंस्थाहरुले स्वागत गरेको थियो। त्यहाूबाट मंगलबजार दरवाक्षेत्रमा पुगी पैदल यात्राको समापन भएको थियो। मंगल बजारमा आयोजित समापन कार्यक्रममा पद्मरत्न तुलाधर, राजेन्द्र श्रेष्ठ एवं सभासद् बुद्ध साय्मि पनि सरिक हुनुभएको थियो।

 
 
 
 
 
 
 
© Copyright 2010. All Rights Reserved. Nepa.com.np is conceptualized, designed and marketed by z-index media. News, articles, interviews, mp3s, videos and other materials may not be reproduced in any form whatsoever without permission.
© Copyright Nepa.com.np | A presentation of z-index media