इन्द्रजात्रा – अन्तर्क्रिया
15th Aug 2009
काठमाडौं (२०६६ श्रावण ३१)/गत वर्ष इन्द्रजात्राको बेला उत्पन्न अन्यौलपछि यस वर्षको इन्द्रजात्रामा पनि अन्यौल सिर्जना नहोस् भन्ने उद्देश्यले आज एक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा संविधानसभा, संसद, संघीय व्यवस्था तथा संस्कृति मन्त्रालयका सहसचिव जलकृष्ण श्रेष्ठ, काठमाडौं जिल्लाका प्रहरी प्रमुख एसएसपी नवराज सिलवाल, नेवाः जागरण मञ्चका सल्लाहकार कृष्णगोपाल श्रेष्ठ, गुठी संस्थानको औचित्य र नेवार जात्रापर्व सञ्चालनसम्बन्धी अध्ययन गर्न नेपाल सरकारद्वारा गठित उच्चस्तरीय अध्ययन समितिका संयोजक पवित्र बज्राचार्य, ज्यापु महागुथि काठमाडौं महानगरसमितिका अध्यक्ष एवं इन्द्रजात्रा व्यवस्थापन समितिका सल्लाहकार ई. मोहनकृष्ण डंगोल प्रमुख वक्ता हुनुहुन्थ्यो।
मन्तव्यको क्रममा प्रहरी प्रमुख सिलवालले इन्द्रजात्राको बेलामा गर्नुपर्ने सुरक्षा व्यवस्थाको लागि आफू सतर्क रहेको बताउनुहु147दै यसको लागि स्थानीयवासी र जात्रामा सरिक हुनेहरुबाट पनि सहयोगको अपेक्षा गर्नुभयो।
कार्यक्रममा ७० भन्दा बढी सरोकारवालाहरुको सहभागिता रहेको थियो भने सहभागीहरुले आफ्ना जिज्ञासा प्रमुख वक्ताहरुसामु राखेका थिए।
मञ्चका केन्द्रीय संयोजक सुजीब बज्राचार्यको सभापतित्वमा सञ्चार मञ्चका कोषाध्यक्ष दिपिका श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको हो ।
|