News Detail
 

नेपाल संबत् राज्यस्तरबाट पनि मनाउनु पर्ने
19th Oct 2009

नेपालभाषा मंकाः खलः यलको आयोजनामा आज बिहान ललितपुर उपमहानगरपालिका मंगलबजारबाट एक विशाल सांस्कृतिक जुलुसको आयोजना गरियो। ललितपुर नगरपरिक्रमा गरेको सो जुलुस पुल्चोकस्थित शंखधरको प्रतिमामा माल्यार्पणपश्चात मंगलबजार नै पुगी समापन भएको थियो।

सभालाई सम्बोधन गर्नुहुने वक्ताहरुले २९–३० वर्षदेखि जनस्तरबाट मनाईंदै आएको नयाँ वर्षको समारोह अब राज्यस्तरबाट सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको थियो।

नेपालभाषा एकेडेमीका चान्सलर एवं संस्कृतिविद् सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा ज्यापु समाज यलका अध्यक्ष रामकाजी अवाले, मंकाः खलःका सल्लाहकार डा. पुष्प राजकर्णिकार, हरिकृष्ण व्यञ्जनकारलगायतले आ–आफ्नो मन्तव्य राख्नु भएको थियो।

नेपालभाषा मंकाः खलः यलका सभापति सुरेश प्रधानको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।

 
 
 
 
 
 
 
© Copyright 2010. All Rights Reserved. Nepa.com.np is conceptualized, designed and marketed by z-index media. News, articles, interviews, mp3s, videos and other materials may not be reproduced in any form whatsoever without permission.
© Copyright Nepa.com.np | A presentation of z-index media